तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट धनुषामा एक बालकको मृत्यु 

बर्दिबास । बसको ठक्करबाट धनुषामा एक बालकको मृत्यु भएको छ । 

दुर्घटनामा मिथिला नगरपालिका–२ बस्ने लल्कु दासका १३ वर्षीय छोरा विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हजराचोकमा साइकलमा रहेको बालकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिनुभयो । 

उहाँले बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको बताउनुभयो । 

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button