तपाईँ सुन्दै हुनुहुन्छः

सबै वामपन्थी दलहरू एक ठाउँमा उभिनुको विकल्प छैन : अध्यक्ष दाहाल  

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई  एकीकृत गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । 

सहिद रामवृक्ष यादवको २८औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा आयोजित कार्यक्रममा  अध्यक्ष प्रचण्डले  समाजवादको यात्रा सफल बनाउन सबै वामपन्थी दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । 

वामपन्थी शक्तिहरूको एकता बिना एक्ला एक्लै हिँडेर समाजवादको यात्रामा पुग्न नसकिने बताउनुहुँदै उहाँले कम्युनिष्ट शक्तिको ध्रुवीकरण र एकीकरणको प्रक्रियाले आगामी निर्वाचनपछि थप गति लिने जानकारी दिनुभयो । 

मङ्सिरमा हुने निर्वाचन पनि एउटा राजनीतिक सङ्घर्ष नै भएकाले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा जाने र त्यसपछि कम्युनिष्ट एकता अभियानमा होमिने  उहाँले जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button