तपाईँ सुन्दै हुनुहुन्छः

वृक्षारोपण कार्यक्रम सम्पन्न 

सुनसरी । सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हाताभित्र वृक्षारोपण गर्नु भएको छ । 

प्रदेश स्तरीय अपराध अनुसन्धान सुरक्षा गोष्ठीको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय पाल्नु भएका सङ्गठन प्रमुख प्र.म.नि. सिंहले आज कार्यालयको हाताभित्र आयोजित एक कार्यक्रमका बीच वृक्षारोपण गर्नु भएको हो ।

वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङ, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटा समेतले वृक्षारोपण गर्नु भएको छ । 

वृक्षारोपण कार्यक्रम अगावै सङ्गठन प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रदेश प्रहरी तालिम केन्द्रको एक टुकडीले सलामी अर्पण गरेको थियो भने प्र.म.नि. सिंहले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।

यसैक्रममा सङ्गठन प्रमुख प्र.म.नि. सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन अवलोकन निरीक्षण समेत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button