तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दर हरैचा नगरपालिका–११ मा आगलागीमा परेर एकको मृत्यु 

सुनसरी । मोरङको सुन्दर हरैचा नगरपालिका–११ मा आगलागीमा परेर एकको मृत्यु भएको छ ।

इलाका प्रहरी बेलबारीका अनुसार बेलेपुरस्थित बालकृष्ण गिरीको काठ र टिनको दुई तले घरमा बुधबार राति १० बजे बिद्युत् सर्ट भएर आगो लाग्दा घरका कामदार कुमार श्रेष्ठको मृत्यु भएको हो ।

श्रवणशक्ति कम भएका श्रेष्ठले कानमा एयरफोन लगाएर सङ्गीत सुनेर सुतेका कारण बाहिरबाट बोलाउँदा पनि थाहा नपाएका कारण आगलागीबाट बच्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button