तपाईँ सुन्दै हुनुहुन्छः

डाक्टर पढिरहेका विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला

नेपालगञ्ज । बाँकेमा डाक्टर पढिरहेका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउ निवासी २५ वर्षीय सिद्धार्थ वैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्राबासमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

वैश्यको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको मल्लले बताउनुभयो । सुसाइड नोट भेटिएकाले वैश्यले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button