तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको काबुल  स्थित मस्जिदमा भएको विस्फोटनमा तीन जनाको मृत्यु दर्जनौँ घाइते 

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल स्थित एक मस्जिदमा भएको विस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । 

राजधानी काबुलको उत्तर–पश्चिम क्षेत्रमा रहेको त्यस मस्जिदमा सन्ध्याकालीन प्रार्थना गर्ने क्रममा विस्फोटन भएको तालिबान प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले जनाएको छ । 

विस्फोटनको जिम्मा हाल सम्म कुनै समूहले नलिए पनि विगत केही महिना देखी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस्ता विस्फोटन गराउँदै आएको छ । 

घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको कारण मृतकको सङ्ख्या बढ्न सक्ने तालिबानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button