तपाईँ सुन्दै हुनुहुन्छः

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बाग्मती सडकखण्डको लच्का नजिकै काठमाडौँ बाट सर्लाही तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर दिँदा अटोमा सबार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका–६ सोल्टी निवासी ढक बहादुर लुगेली मगर, सोही स्थान निवासी प्रेम ठाडा मगर, सोही स्थान निवासी अटो चालक रबी मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तै सोही अटोमा सबार सबिना लुगेली मगरको दुवै खुट्टामा चोट लागेकोले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button