तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीद्वारा प्यालेस्टाइनलाई दिँदै आएको समर्थन जारी राख्ने प्रतिबद्धता

अङ्कारा। टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ ।

इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो ।

कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर आधिकारिक रूपमा धर्मनिरपेक्ष टर्कीलाई गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनी हितका लागि पैरबी गर्न अनुमति दिने बताउनुभयो ।

“द्विपक्षीय सम्बन्ध सुधारका लागि राजदूतहरूको फिर्ती महत्वपूर्ण छ,” कावुसोग्लुले भन्नुभयो ।

उहाँले भन्न “हामीले सधैं भन्दै आएका छौं, हामी प्यालेस्टिनीहरूको अधिकारको रक्षाका लागि समर्थन जारी राख्नेछौं ।

टर्कीले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिँदैन र यसको दूतावास तेल अभिवमा रहेको छ ।

कावुसोग्लुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सूची बुझाएपछि टर्कीका राजदूत नियुक्त गरिने बताउनुभयो ।

सन् २०१० मा गाजामा लगाइएको नाकाबन्दी तोड्ने उद्देश्यले टर्कीको जहाजमा इजरायली आक्रमणपछि १० जना सर्वसाधारणको मृत्यु भएको घटनाले टर्कीको इजरायलसँगको सम्बन्ध बिग्रिएको थियो ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गत मार्चमा अङ्काराको ऐतिहासिक भ्रमण गर्नुभएको थियो साथै उहाँले एर्दोगानसँग पनि वार्ता गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button