तपाईँ सुन्दै हुनुहुन्छः

पदक विजेता खेलाडी र सदस्यसचिवबिच भेट

काठमाडौँ । माल्दिभ्समा आयोजना भएको ५४ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पदक विजेता खेलाडी उमेश राई, राजु राई र सुजिता मानन्धरले आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्नुभएको छ । 

साउन ४ गतेदेखि सञ्चालन भएको उक्त च्याम्पियनसीपमा नेपालका दुई पुरुष र एक महिला गरी तीन खेलाडीले सहभागिता जनाउनुभएको थियो । त्यसमा नेपालले एक रजत र एक कास्य पदक हासिल गरेको थियो । 

नेपाली खेलाडी उमेशले ८० किलो तौल समूहमा रजत र फिटनेश फिजिकको १७० सेमिमा राजुले कास्य पदक प्राप्त गर्नुभएको थियो । यस्तै महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गर्नुभएकी सुजिताले छैटौँ स्थान प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा माल्दिभ्समा भएको ५४ औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटेर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेशबाबु श्रेष्ठले राखेप सदस्य सचिव घिसिङलाई बुझाउनुभयो । उक्त प्रतियोगिताको ५५ औँ संस्करण नेपालमा नै आयोजना हुने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button