तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कार्की लालपुर्जा वितरण गराउने कार्यमा सक्रिय

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गराउने कार्यमा लागिपरेका छन् ।

नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारलाई राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण गराउन नगर प्रमुख कार्की योजना बनाएर सक्रिय बनेका हुन् ।

हाल काठमाडौँ स्थिति राष्ट्रिय भूमि आयोग अध्यक्ष, प्राबिधिकसंगको छलफल र अन्तरक्रियामा रहेका कार्की भाद्र महिनाको अन्त्यबाट लालपुर्जा वितरण गर्ने गरि नगरपालिका अगाडि बढेको र यसलाई सफल बनाउन भूमि आयोगले तयारी थाल्नुपर्ने बताउँछन् ।

काकीकै योजनामा आज १५ दिने र ७ दिने सूचना प्रकाशन भएको छ ।

वराहक्षेत्र नगरपालिकामा प्राप्त तथ्यांकअनुसार ९१ हजार जनसङ्ख्या रहेको नगरपालिकामा अव्यवस्थित बसोबास ६ हजार ६ सय ७१, भूमिहीन दलित ८ सय ३५ र भूमिहीन सुकुम्बासी २ हजार ७ सय ९० ले आवेदन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button