तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशद्वारा खेलाडी छनोटको मापदण्ड तयार

काठमाडौँ । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी छनोटको मापदण्ड तयार गरेको छ । बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेशमध्ये ७ खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार गरेको हो ।

बागमतीले प्रदेश खेलकुदमा भलिबल, फुटबल, क्रिकेट, कराँते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटको ६ वटा आधार बनाएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेशको बलियो टिम निर्माणका लागि मापदण्ड बनाएर खेलाडी छनोटको आधार तयार गरिएको बताउनुभयो ।

मापदण्डमा आउने खेलाडीबाट छनोट गरेर प्रदेश टिम तयार गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्को तयारी छ । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय खेलकुदमा ३६ वटै खेलमा सहभागी हुने तयारी गरेको बागमतीले जिल्ला छनोट भदौ १० भित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button