तपाईँ सुन्दै हुनुहुन्छः

आगामी चुनावका लागि दल दर्ता गर्ने समय आज सकिँदै 

file photo

काठमाडौं । आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज मंगलबार सकिँदैछ।

सरकारले चुनावको मिति घोषणा गरे लगत्तै निर्वाचन आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो। साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिनका लागि  संविधानको धारा २७१ बमोजिम दल दर्ता गर्नुपर्ने हुन्छ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए ।  तीमध्ये आउँदो चुनावमा भाग लिन सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्। प्रमुख दलमध्ये नेपाली कांग्रेस र  माओवादी केन्द्रले साेमबारसम्म दल दर्ता गरेका छैनन् ।  एकीकृत समाजवादी, जसपालगायतका दलहरू भने दर्ता भइसकेका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button