तपाईँ सुन्दै हुनुहुन्छः

करिब २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखा मुनि

मनिला। सन् २०२१ मा झण्डै दुई करोड फिलिपिन्सका नागरिकहरू गरिबीको रेखामुनि बाँचिरहेको सोमबार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ ।

सन् २०२१ को पारिवारिक आय-व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले उक्त जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर-खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ। कुल जनसङ्ख्यामा सो अनुपात १८.१ रहेको बताएको छ।

“यो आँकडाले लगभग दुई करोड नागरिकहरूको प्रतिनिधित्व गर्दछ। फिलिपिन्समा करिब ११ करोड जनसङ्ख्या छ।
सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तिमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्दछ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button