तपाईँ सुन्दै हुनुहुन्छः

युग सुहाउँदो विकासको मोडेल आवश्यक: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताउनुभएको छ ।

file photo

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताउनुभयो । नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उहाँले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल कला, साहित्य, संस्कृति, अध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटेर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button