तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म । शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ ।

कर्णाली करिडोरको कालिकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो ।

कर्णाली करिडोरको कालिकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँ ठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने गरेको पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button