तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगपति मुरारका सहित जग्गादाता सम्मानित

सुनसरी । नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिक उत्सवको अवसरमा दुहबी वितरण केन्द्रले पशुपति आइरन एण्ड स्टिलका सञ्चालक अशोक मुरारकालाई सम्मान गरेको छ ।

सोमबार दुहबी वितरण केन्द्रले कार्यालयको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा पशुपति आइरन एण्ड स्टिलका सञ्चालक अशोक मुरारकालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेको हो ।

दुहबी वितरण केन्द्र अन्तर्गत देशको आर्थिक सूचकमा पशुपति आइरन एण्ड स्टिलले वार्षिक रुपमा ४ करोड ३१ लाख ५५ हजार ५ सय ७० युनिट विद्युत् खपत गरेबापत वार्षिक ३८ करोड ५० लाख ६२ हजार ५ सय ७८ रुपैयाँ बुझाएकोले सो उद्योगलाई नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेशका निर्देशक राजन ढकाल तथा दुहबी वितरण केन्द्रका प्रमुख रामउदगार साहले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र अन्तर्गत बर्जूमा रहेको उपशाखा कार्यालय निर्माणका लागि निःशुल्क ३ कट्ठा जग्गा उपलब्ध गराउने देवान सिंह राई तथा बिना कुमारी राईलाई दोसल्ला ओढाई तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button