तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने 

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो । 

उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबारमात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुङ्गो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।

त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो । 

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनुभयो । साथै उहाँले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुन एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । 

त्यस्तै उहाँले अहिले थुप्रै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गर्नुभयो ।  

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button