तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र पदाधिकारी चयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button