तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं।नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन्। कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता रहने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button