तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका स्वीकृत

काठमाडौँ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका सरकारले स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ स्वीकृत गरेको हो ।

निर्देशिका पारित भएसँगै आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि थप सहयोग पुग्ने छ । स्थानीय तहदेखि खेल प्रतिभाको खोजी र पहिचान गरी प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा खेलकुदको विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीमा हरेक प्रदेशमा आयोजना गरिने छ ।

राष्ट्रिय खेलकुदलाई मर्यादित, स्वच्छ, निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गर्न वाञ्छनीय भएकोले सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले निर्देशिका बनाएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि आयोजना हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button