तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा खस्दा ६ वर्षीया बालिकाको मृत्यु

चितवन । खेल्ने क्रममा नहरमा खस्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका १६ एकता टोलका विमल केसीकी छोरी संस्कृति केसी रहेकी छिन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब १० बजे घर अगाडि खेल्ने क्रममा सिँचाइको नहरमा खसेर बगाएको र खोजतलास गर्ने क्रममा ३ किलोमिटर टाढा सेवा केन्द्र टोलनजिकै अचेत अवस्थामा फेला पारिएको थियो ।

उनलाई तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button