तपाईँ सुन्दै हुनुहुन्छः

निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो

काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउनुभएको छ । उहाँले शनिबार कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिनुभएको थियो ।

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गर्नुभएको थियो । तर, प्रहरीले हस्तक्षेप गरी उहाँको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उहाँले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button