तपाईँ सुन्दै हुनुहुन्छः

झण्डै १६ अर्ब रासायनिक मलमा अनुदान: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रासायनिक मलमा अनुदान छुट्टाएको बताउनुभएको छ ।

रुपन्देहीको शुद्धोदन गाउँपालिका–५मा निर्मित शुद्धोदन उद्यानको शनिवार उद्घाटन गर्दै गृहमन्त्री खाँणले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्टाएको स्पष्ट पार्नुभयो ।

शुद्धोदनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उहाँले शुद्धोदनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्ने गरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोदनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश सभाका सदस्य तुल्सी चौधरी, पुष्पा थरुनी र गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो ।

शुद्धोदन गाउँपालिकाले तीन करोडको योजना बनाएर उद्यान निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button