तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले केन्यासँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय सिरिज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबिच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एक दिवसीय सिरिज हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button