तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप फुटबल एक दिन अगाडि सर्‍यो

काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ ।

आगामी नोभेम्बरबाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात् तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो ।

जसले गर्दा पनि उद्घाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उद्घाटन खेल हुने तय भएको थियो । आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात् उद्घाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन् । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबिच प्रतिस्पर्धा हुनेछ । कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button