तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले खेलाडीहरूलाई खेल खेल्ने वातावरण बनाउँदै गएको छ : मन्त्री गहतराज 

बारा । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले नेपाल सरकारले खेलाडीहरूलाई खेल खेल्ने वातावरण बनाउँदै गएको बताउनुभएको छ । 

बाराको सिमरास्थित सिमरा रङ्गशालाको अवलोकन गर्ने क्रममा सिमरा विमान स्थलमा प्रेस सेन्टर नेपाल बाराले आयोजनाका गरेको पत्रकार सम्मेलनमा मन्त्री गहतराजले पहिलाभन्दा खेलाडीलाई हेर्ने दृष्टिकोण अहिले बदलिँदै गएको बताउनुभयो ।  

उहाँले राज्यले खेलाडीहरूको मनोबल वृद्धि गर्ने उद्देश्यले खेलमा जीत अनुसारको पुरस्कार प्रदान गर्ने पद्धति ल्याउन लागेको बताउनुभयो । 

उहाँले मन्त्रिपरिषद्को बैठकबाट ओलम्पिक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १ करोड ३२ लाख र एसियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु ३२ लाख रुपैयाँ दिने निर्णय पास हुन लागेको जानकारी दिनुभयो । 

उहाँले सरकार, निजी क्षेत्र तथा अन्य संघ संस्थाहरूले खेलाडीहरूको मनोबल बढाउन विभिन्न पुरस्कारहरू दिने प्रवृत्ति आइसकेका कारण यसले खेलाडीहरूलाई खेलबाट अन्य क्षेत्रमा पलायन हुने स्थितिबाट रोक्ने बताउनुभयो ।

पत्रकार सम्मेलन पश्चात् मन्त्री गहतराजले सिमरा रङ्गशालाको अध्ययन तथा अवलोकन गर्नुभएको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button