तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँडको ढाँचाबारे छलफल

फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलको आज बसेको बैठकमा निर्वाचनमा सिट बाँडफाँडको ढाँचाबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरू बीच सिट बाँडफाँडको ढाँचाबारे सकारात्मक छलफल भएको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिनुभयो । 

बैठकमा दलहरूले स्थानीय निर्वाचन तथा गएको संसदीय निर्वाचनमा पाएको मत एवं संसद्मा प्रतिनिधित्व गर्नेको सिट सङ्ख्याका आधारमा भागबण्डा गर्नेलगायत विभिन्न विकल्पका बारेमा छलफल भए पनि सहमति हुन बाँकी रहेको नेता गुरुङले जानकारी दिनुभयो । 

आजको बैठकमा छलफल भएका विषयमा दलहरूले आ–आफ्नो पार्टीभित्र पनि छलफल गर्ने र आगामी बैठकमा निष्कर्षमा पुग्ने नेता गुरुङले बताउनुभयो । 

कार्यदलको अर्को बैठक यही साउन ३० गते सोमबार बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button