तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ 

नेपाल प्राध्यापक सङ्घको  ६० औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलकको भविष्य सँग जोडिएको विश्वविद्यालयको पठन पाठनलाई अनुसन्धानमूलक जीवनोपयोगी र रोजगारमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले  प्राध्यापकहरूको हक हितको संरक्षण र वृत्ति विकासमा सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै मुलुकको समृद्धिका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले  विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी समन्वय र सहकार्य मार्फत टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारमा प्राध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरि उच्च शिक्षाका लागि विदेश  जाने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पौडेलले विभिन्न बहानामा  विश्व विद्यालयमा तालाबन्दी गर्ने कार्यलाई निरुत्साहित गरी वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button