तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजातिहरूको हक अधिकार प्रवर्द्धनका लागि अध्ययन गर्न आयोगलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आदिवासी जनजातिहरूको हक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न निर्देशन दिएको छ । 

समितिको सिंहदरबारमा आयोजित बैठकमा समितिका सभापति निरुदेवी पालले आयोगहरूका उस्तै उद्देश्यका प्रतिष्ठान कति आवश्यक छन् भन्ने विषयमा छिटो अध्ययन गर्न सरकारलाई पनि निर्देशन दिनुभयो । 

समितिको बैठकले एउटै जातिभित्रका थरले छुट्टै पहिचानका लागि माग गरी टुक्रिन खोज्नुले राष्ट्रिय एकतालाई कमजोर बनाउने भन्दै स्थानीय आदिवासी जनजातिहरूको मौलिकतामा क्षयीकरण भएको छ कि छैन भन्ने विषय अध्ययन  गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । 

समितिका सदस्यहरु दुर्गाबहादुर राउत, लक्ष्मी परियार, अमृता थापा, सिता विक, कुमारी मेचे, विमला विश्वकर्मा, गङ्गा चौधरी, देवेन्द्र गौतम, शिव मण्डल र हिरा गुरुङले आदिवासी जनजातिका प्रथाजन्य विषयलाई कानुनी मान्यता दिन पहल गर्न आयोगलाई सुझाव दिनुभयो । 

समितिको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदनमाथि छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button