तपाईँ सुन्दै हुनुहुन्छः

भण्डारी सम्मिलित गोकुलम केरेला एफसीको शानदार सुरुवात

काठमाडौँ । महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसीले भारतको केरेला महिला लिगमा सानदार सुरुवात गरेको छ ।

बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् । उनले दुई गोलमा एसिस्ट पनि गरिन् ।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्पियनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् ।

दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button