२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सांसद तामाङलाई पितृ शोक, संसदीय दलद्वारा दुःख व्यक्त

रेडियो नेपाल २०७९ साउन २५ गते १३:१४

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङलाई पितृ शोक परेको छ । उहाँका पिता दीपबहादुर तामाङको मङ्गलबार ८९ वर्षका उमेरमा  निधन भएको हो ।

दीपबहादुरको निधनप्रति कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकको घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका दीपबहादुरले आफ्ना सन्ततिहरूलाई सदैव देश, लोकतन्त्र एवम् आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आउनुभएको जनाइएको छ ।

सम्बन्धित