तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका महिला पत्रकारहरूलाई प्रशिक्षण

बारा । मानव अधिकारसँग जोडिएका घटनालाई उजागर गर्ने उद्देश्यले मधेस प्रदेशका महिला पत्रकारहरूलाई सिमरामा प्रशिक्षण दिइएको छ ।

मानव अधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा प्रदेशका आठ जिल्लाका १६ महिला पत्रकारलाई दुई दिने प्रशिक्षण दिइएको हो ।

पत्रकारिताको माध्यमबाट मानव अधिकार रक्षाका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश स्तरीय तालिम सञ्चालन गरिएको हुर्जाले जनाएको छ ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित प्रशिक्षणमा खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्मा, इकागज अनलाइनका प्रधान सम्पादक हरिबहादुर थापा, हुर्जाका अध्यक्ष घनश्याम खड्काले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महिलाका चुनौती, अवसर लगायतका विषयमा छलफल भएको थियो । सहभागीहरूले आफ्ना जिल्लामा देखिएका समस्या र अवस्थाको विषय कार्यक्रममा चर्चा परिचर्चा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button