तपाईँ सुन्दै हुनुहुन्छः

लामिछाने युएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट युएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको सूचीमा परेका छन् ।

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । ईमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।

file photo

प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ ।

यस्तै हरेक टोलीले तीन जना युएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक युएई यु–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ–११ मा भने कम्तीमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button