तपाईँ सुन्दै हुनुहुन्छः

३ लाख नगदसहित १२ जुवाडे पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख बढी नगदसहित जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ ।

आज भरतपुर–११ गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेल्दै गरेका १२ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट ३२ थान कौडा, १ बुक तास र नगद ३ लाख ९ हजार ७६० रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर ११ बस्ने बर्ष २६ का सुमन भण्डारी, गोरखा भच्चेक–३ घर भएका वर्ष ३५ का बिष्णु बहादुर भण्डारी, भरतपुर ११ बस्ने वर्ष २६ का करण गुरुङ, भरतपुर २६ बस्ने वर्ष ४० का ईश्वर महतो, भरतपुर २० बस्ने वर्ष ४१ का दिनेश दवाडी, भरतपुर ११ बस्ने वर्ष २७ का किरण लोप्चन रहेका छन् । यस्तै अन्य पक्राउ पर्नेमा भरतपुर ११ बस्ने वर्ष २९ का राजेश बिक, भरतपुर १४ बस्ने वर्ष ५८ का सुरेशचन्द्र न्यौपाने, भरतपुर १२ बस्ने वर्ष ४४ का सालिकराम रेग्मी, भरतपुर ११ बस्ने वर्ष २६ का धनबहादुर बराल, भरतपुर ११ बस्ने बर्ष २० का सुदिप भण्डारी र भरतपुर ११ बस्ने वर्ष ४६ का दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिनको म्याद थप अनुमति प्राप्त गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button