तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ सय ३४ मा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु 

काठमाडौँ । आज देशभर थप ९ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

५ हजार ३ सय ५१ नमुना परिक्षण गर्दा ९ सय ३४ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा कोरोनालाई जितेर ४ सय ७० घर फर्किएका छन् । 

त्यस्तै, कोरोना सङ्क्रमितमध्ये आज थप एक जनाको मृत्यु भएको छ । आज देशभर ५ हजार ६ सय ८६ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button