तपाईँ सुन्दै हुनुहुन्छः

मदन पुरस्कारका लागि ८ पुस्तक छानिए

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७८’ का लागि ८ पुस्तकहरू छनौट गरेको छ। 

पुरस्कारका लागि छनौट भएका पुस्तकहरूमा डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती: इतिहास र मीमांसा, पद्यसुन्दर जोशीको हिति प्रणाली गरी ८ पुस्तक छनौट गरेको समितिले जनाएको छ ।

पुरस्कारका निम्ति गुठीलाई कूल २९९ पुस्तकहरू प्राप्त भएको र प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको गुठीले जनाएको छ । 

छनौटमा परेका पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button