तपाईँ सुन्दै हुनुहुन्छः

सबै संवैधानिक आयोगलाई समेटेर राष्ट्रिय समावेशी आयोग गठन गर्न माग

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनाले संवैधानिक आयोगहरूलाई समेटेर समावेशी आयोग मात्रै कायम राख्न सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा आयोगका अध्यक्ष तिमल्सेनाले सबै उमेर, जाति, वर्ग, क्षेत्र, भूगोल, पेशा, भाषा, धर्म संस्कृतिलगायतका क्षेत्रमा काम गर्ने जिम्मा पाएको समावेशी आयोगले नै अरू आयोगहरूले गर्ने सम्पूर्ण काम गर्न सक्ने हुँदा समावेशी आयोगमा बजेट वृद्धि  र जनशक्ति थप गर्न सरकारलाई सुझाव दिनुभयो । 

बैठकमा उहाँले संवैधानिक आयोगहरुबीच समन्वयन नहुँदा काम गर्ने विषयहरू बाझिने, छोटो अवधिमै कर्मचारीको सरुवा हुने र बजेट कम भएका कारण काम गर्न कठिनाइ भएको जानकारी गराउनुभयो  ।

बैठकमा सांसदहरुले आयोगको कार्य क्षेत्र धेरै भएकाले अरू आयोगका तुलनामा समावेशी आयोगको बजेट वृद्धि गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सांसदहरु नन्दलाल रोक्का क्षेत्री, कुमारी मेचे, दुर्गाबहादुर रावत, शिवकुमार मण्डल, लक्ष्मी परियार,महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ नारायण खतिवडा र विमला विश्वकर्माले समावेशी आयोगले राष्ट्रिय महत्त्वका विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिनपर्ने हुँदा आयोगहरुबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button