तपाईँ सुन्दै हुनुहुन्छः

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ। अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गर्नुभएको हो ।

प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्काे अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर २४ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।

युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु भनेको अन्तर्राष्टिय कानुनको उल्लङ्घन हो भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गर्नुभएको छ ।

सो विज्ञप्तिमा उहाँले यहाँको यो आक्रमण तत्कालै बन्द गरी अन्तर्राष्टिय समुदायको समेत सहभागितामा दिगो समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
उता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिला लगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताउनुभएको थियो ।

महासचिव गुटर्रेस र युनियनका अध्यक्ष माहमतले हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न सबैसँग आग्रह गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button