तपाईँ सुन्दै हुनुहुन्छः

रूसले यूक्रेनमा गरेको आक्रमणविरूद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिका भ्रमणमा

जोहानेसबर्ग। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुग्नुभएको छ । वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको हो ।

गत महिनाको अन्ततिर रूसी विदेश मन्त्री सर्गेई लाभरोभले अफ्रिकाको विस्तृत भ्रमण गर्नुभएको थियो । रूसी विदेशमन्त्रीको अफ्रिका भ्रमणको केही हप्तापछि हुन लागेको ब्लिङ्केनको भ्रमणलाई यूक्रेन युद्धमा पश्चिमी गठबन्धनमा बल पु¥याउने कुटनीतिक पहलका रूपमा हेरिएको छ ।

विकासशील मुलुकको अग्रणी दक्षिण अफ्रिका यूक्रेन युद्धमा तटस्थ रहँदै आएको छ । सन् १९९४ मा स्वेत अल्पसङ्ख्यक शासनको अन्त्य हुनुअघि मस्कोको निन्दा गर्ने पश्चिमी आह्वानमा सामेल हुन अस्वीकार गरेका थिए ।

ब्लिन्केनले सोमबार दक्षिण अफ्रिकी समकक्ष नालेडी पान्डरसँग वार्ता गर्नुहुनेछ र अमेरिकी सरकारको नयाँ अफ्रिका रणनीतिबारे नीतिगत घोषणा पनि गर्नुहुनेछ दक्षिण अफ्रिकी सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यी दुई नेताले विश्वव्यापी भौगोलिक परिवेशमा नवीनतम घटनाहरूबारे छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयले गत महिना अफ्रिकी देशहरूलाई वर्तमान् समयको सबैभन्दा दबाबपूर्ण विषयहरूमा भू–रणनीतिक एवं महत्वपूर्ण साझेदारका रूपमा लिएको बताएको थियो । खुला र स्थिर अन्तरराष्ट्रिय प्रणालीको प्रवर्धनदेखि जलवायु परिवर्तन, खाद्य असुरक्षा र विश्वव्यापी महामारीको प्रभावको सामना गर्न अफ्रिकाको पनि भूमिका महत्वपूर्ण रहने अमेरिकी बुझाइ रहेको छ ।

यस महादेशभन्दा बाहिरको ठूलो कूटनीतिक प्रभाव रहेको अफ्रिकी महाशक्ति दक्षिण अफ्रिका उन्नत अर्थव्यवस्थाहरूको समूह ( ब्रिक्स) को सदस्य पनि रहेको छ ।

जून महिनामा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स देशहरूलाई पश्चिमबाट ‘स्वार्थी कार्यहरू’को सामना गर्न सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रिटोरियास्थित थिङ्क–ट्यांक इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका प्रमुख फोन्टेह अकमका अनुसार ब्लिन्केनको भ्रमणले अमेरिकालाई दक्षिणी अफ्रिकी देशको वर्तमान् मनस्थिति बुझ्न मद्दत गर्नेछ ।

अकमले एएफपीसँग भन्नुभयो, “यसले ‘दक्षिण अफ्रिकालाई पश्चिमी संयन्त्रमा ल्याउने’ लक्ष्य पनि लिनेछ । अमेरिका ‘फरक ढंगले संलग्न हुन चाहन्छ र अन्तरराष्ट्रिय सम्बन्धमा अफ्रिकी निकायलाई बुझ्ने तर्फ अघि बढ्न चाहन्छ र त्यसकारण कूटनीतिक सहभागितामा वृद्धि’ भनिएको विशेषज्ञले बताएका छन् ।

ब्लिन्केनअघि गत महिनाको अन्ततिर फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्राँेलको बेनिन, क्यामरून र गिनी–बिसाउको भ्रमण गर्नुभएको थियो । त्यस्तै सी नेता लाभरोभले कङ्गो–ब्राज्जाभिल, इजिप्ट, इथियोपिया र युगान्डाको भ्रमण गर्नुभएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button