तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

File Photo

विज्ञ समूहमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । समूहले १ महिनाको समय पाएको छ ।

समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरू समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले यस्तो समूह गठन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button