तपाईँ सुन्दै हुनुहुन्छः

७ वर्षपछि पुल निर्माण सम्पन्न

वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगन्जसँग जोडने तिलावे नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

निर्माण कम्पनीको लापरबाहीको कारण ७ वर्ष अगाडी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको तिलावे पुल स्थानीय बासिन्दाको दबाबमा ७ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित पुलको उद्घाटन यही साउन २५ गते बुधवारका दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राइले गर्ने कार्यक्रम तय भएको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनियारले जानकारी दिनुभयो ।

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे नदीमा पुल निर्माणको ठेक्का लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button