तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य बैङ्कहरूको समग्र नाफा २३ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूले समग्र नाफा २३ प्रतिशतले वृद्धि गरेका छन् । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको चोथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कहरूको नाफा बढेको देखिएको हो ।

गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैङ्कहरूले कुल ७४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैङ्कहरूले गत आर्थिक वर्षमा २३.२७ प्रतिशतले नाफा बढाएका छन् ।

गत वर्ष बैंकिङ्ग प्रणालीमा देखिएको तरलता अभावको कारणले बैङ्कहरूले धेरै व्यवसाय विस्तार गर्न सकेनन् । गत आर्थिक वर्षमा बैङ्कहरूको कर्जा लगानीको वृद्धिदर १२ प्रतिशतको हाराहारी मात्र रहेको थियो ।

वाणिज्य बैङ्कहरूले ३ प्रतिशतको हाराहारीको स्प्रेड दरलाई बढाएको कारण नाफा वृद्धिमा सहयोग भएको देखिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा धेरै नाफा कमाएको छ । बैङ्कले गत आर्थिक वर्षमा नाफा ३७ प्रतिशतले बढाएर ५ अर्ब २१ करोड रुपैयाँ कमाएको छ ।

ग्लोबल आइएमई बैङ्क दोस्रो स्थानमा रहेर ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button