तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ ।

बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो । 

मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उहाँको भनाई छ । 

अङ्ग्रेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञान सम्बन्धी विषयलाई समावेश गरिएको छ । 

मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एन टिभी वर्ल्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button