तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा फेरि जङ्गली हात्तीको आतङ्क

वीरगञ्ज । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पस्ने जङ्गली हात्तीले फेरि पर्साको ठोरी गाउँपालिका ३ शिकारी वासमा आतङ्क मच्चाएको छ ।

जङ्गलको बिच रहेको शिकारी वासमा गए राति जङ्गली हात्तीले स्थानीय बासिन्दाको धानी बालीमा क्षति पुर्‍याएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले स्थानीय कृषक अशोक चौधरीको १० कट्ठामा रोपिएको धानबाली खाएर तथा कुल्चेर नष्ट गरिदिएको पीडितको भनाइ छ ।

विगत केही दिन यता ठोरी क्षेत्रमा साँझ पर्न नपाउँदै हात्ती गाउँ प्रवेश गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

भर्खरै रोपेको धानबालीमा हात्तीले कुल्चेर मडार्नुका साथै रोपाई गरेको धान समेत खाई दिएपछि किसानहरू चिन्तित भएको ठोरी गाउँपालिका २ का पूर्व वडाध्यक्ष राम प्रकाश कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button