भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने आकाङ्क्षा एमालेले लिएको बताउनुभएको छ ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आज भक्तपुरको बोडेमा आयोजना गरेको रणनीतिक कार्यशालामा उहाँले एमालेले त्यसैलाई पूरा गरेरै छोड्ने बताउनुभयो ।
आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले सङ्गठित ढंगले इमानदार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो । उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले विजयी हुनुको विकल्प नभएको बताउनुभयो ।