तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा ढकाल नियुक्त

रुपन्देही । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा यो विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी ढकाल हुनुहुन्छ । विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो ।

विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button