तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको महिला फिफा वरियता खस्कियो

काठमाडौँ । नेपालको महिला फिफा वरियता खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरियतामा नेपाल १०२ औँ स्थानमा रहेको छ । अघिल्लो पटकको वरियतामा नेपाल १०१ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ । विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा झरेको छ ।

इंग्ल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड छैटौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौं र उत्तर कोरिया १० औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button