२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘दुर्गममा कर्णाली प्रतिष्ठानले दिएको सेवा प्रशंसनीय छ’

सागर परियार २०७९ साउन २० गते १७:२६

जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कर्णाली प्रदेशका दुर्गम गाउँ बस्ती र जिल्लामा कर्णाली प्रतिष्ठानले दिएको सेवा प्रशंसनीय रहेको बताउनुभएको छ । 

१० वर्ष पहिले सम्म सिटामोल र चिकित्सक नपाएर अकालमै मृत्युवरण गर्ने दुर्गम कर्णालीका नागरिकलाई दिएको विशेषज्ञ स्वास्थ्य सेवा प्रशंसनीय रहेको बताउनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अत्याधुनिक प्रयोगशाला र अक्सिजन प्लान्टको उद्घाटन गर्न जुम्ला पुग्नुभएका स्वास्थ्य राज्यमन्त्री केसीले मुलुकका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाह, अध्ययन र  अनुसन्धानको पाटो सन्तोषजनक रहेको बताउनुभयो ।

त्यस अवसरमा मन्त्री केसीले १ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रयोगशाला भवन र ५०.२ एनम क्यु एचआर क्षमताको अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । 

साथै मन्त्री केसीले ६ वटा डाइलासिस मेसिन पनि प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । 

कर्णालीको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्य मन्त्रालयले कर्णाली प्रतिष्ठानको वृद्धि विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री केसीले जनाउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले कर्णालीलाई मेडिकल शिक्षाको हबका रुपमा विकास गर्न सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । 

सम्बन्धित