झोलुङ्गे पुल तथा बस्ती संरक्षणका लागि तत्काल काम थाल्न माग
सिन्धुपाल्चोक । झोलुङ्गे पुल तथा बस्ती संरक्षणका लागि मेलम्ची बजारवासीहरूले नगरपालिकासँग माग गरेका छन् ।
नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै बजारका बाढी प्रभावितहरूले तत्काल पुल संरक्षणका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
मेलम्ची नगरपालिकाको वडा नम्बर ११ र को केही भाग अन्य वडाहरू ७, ८, ९, र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाको विभिन्न भेगमा जाने एक मात्र विकल्पको रुपमा रहेको दुई वटा झोलुङ्गे पुलमा बाढीले पुनः क्षति गर्न थालेपछि संरक्षणको माग गर्दै स्थानीयले पत्र बुझाएका हुन् ।
नदीले धार परिवर्तन गरेसँगै झोलुङ्गे पुल ,दोभानटारमा रहेका बस्ती, धार्मिक तथा ऐतिहासिक मन्दिर इन्द्रेस्व महादेव समेत जोखिममा रहेका मागे पत्रमा उल्लेख गरिएको छ ।
मेलम्चीका स्थानीयका तर्फबाट महावीर श्रेष्ठले पत्र हस्तान्तरण गर्नुभयो ।
पत्र बुझ्दै नगर प्रमुख तामाङले तत्काल प्राविधिक टोली खटाएर संरक्षणको काम गरिने बताउनुभयो ।
उहाँले पुल सँगै बस्ती संरक्षण गर्नमा नगरको मुख्य प्राथमिकता रहने समेत बताउनुभयो ।
छलफलमा बाढी पीडित, नगर प्रमुख तामाङ,उपप्रमुख उमा प्रधान, प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्