तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षमा झापामा १४ हजार पिन्ट रगत खपत

भद्रपुर, झापा । पछिल्लो एक वर्षमा झापामा १४ हजार पिन्टभन्दा बढी रगत खपत भएको छ ।

जिल्लामा रहेका सरकारी र निजी अस्पतालमा आर्थिक वर्ष २०७८÷०७९ मा १४ हजार ७ सय ४५ पिन्ट रगत खपत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

रेडक्रस झापाले भद्रपुर, विर्तामोड, दमक रक्त सञ्चार केन्द्र र बिर्तामोडको बी एण्ड सी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालको रक्तसञ्चार युनिटबाट त्यति परिमाणमा रगत खपत भएको जनाएको छ । 

रगत खपत गर्नेमा सबैभन्दा बढी मिर्गौला रोगी रहेका छन् ।

सो वर्ष जिल्लामा सबैभन्दा बढी ‘ए पोजेटिभ’ रगत खपत भएको नेरेसो भद्रपुरका रक्तसञ्चार केन्द्रका प्रमुख शिशिर दाहालले बताउनुभयो । 

सबैभन्दा कम खपत भएको रगत ‘एबी नेगेटिभ’ हो । एक वर्षको अवधिमा सो रगतको खपत २० पिन्ट मात्र भएको उहाँले जानकारी दिनुभयो । 

जिल्लामा ५०९ पिन्ट पीआरपी र ४३४ पिन्ट एफएफपी (सेतो रगत) रगतसमेत खपत भएका छ ।

एक वर्षमा विभिन्न स्थानमा सङ्घ–संस्थाले गर्ने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर ताजा रगत दिनेबाट १५ हजार १४२ पिन्ट रगत जम्मा भएको दाहालको भनाइ छ ।

झापाका अस्पतालमा इलाम, पाँचथर, ताप्लेजुङदेखिका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button